समाज


नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सीआईबी अपरेसन- थप २ ‘डाक्टर’ पक्राउ, समातिनेको संख्या ७ पुग्यो

नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सीआईबी अपरेसन- थप २ ‘डाक्टर’ पक्राउ, समातिनेको संख्या ७ पुग्यो

नेपालखबर
साउन २६, २०८० शुक्रबार १०:३९, काठमाडौँ

नक्कली शैक्षिक योग्यता प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको हो। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। यसअघि बिहीबार सीआईबीले ५ जनालाई पक्राउ गरिसकेको छ। 

सो प्रकरणमा बिहीबार ‘चिकित्सक’हरू रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी तथा नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा पक्राउ परेका हुन्। 

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध सीआईबीले अपरेसन अभियान सञ्चालन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .