समाज


ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतकाका तत्कालीन प्रमुख देउजा फेरि पक्राउ

ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतकाका तत्कालीन प्रमुख देउजा फेरि पक्राउ

नेपालखबर
साउन ५, २०८० शुक्रबार १८:४६, काठमाडौँ

ललिता निवास जग्गा प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा फेरि पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो। 

सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न मिल्नेगरी सर्वोच्च अदालतले शुक्रबार आदेश दिएसँगै देउजा पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रबार खारेज भएको हो। 

यसअघि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ। सीआईबीले अहिले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी ब्यवस्था छ।

देउजा २०४९ सालमा मालपोत कार्यालयका प्रमुख थिए।

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .