ad ad

समाज


सीआईबीले छाडेका तीनसहित १७ जनालाई फेरि पक्राउ गरिने, सर्वोच्चले खारेज गर्‍यो अन्तरिम आदेश

सीआईबीले छाडेका तीनसहित १७ जनालाई फेरि पक्राउ गरिने, सर्वोच्चले खारेज गर्‍यो अन्तरिम आदेश

नेपालखबर
साउन ५, २०८० शुक्रबार १७:५, काठमाडौँ

ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) असार १२ गते पक्राउ गरेर छाडेका तीनसहित १७ जनालाई पुनः पक्राउ गर्न पाउने भएको छ। 

उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रबार खारेज भएको हो। 

उक्त आदेश खारेज गर्न माग गर्दै नेपाल प्रहरीले भ्याकेट दर्ता गराएको थियो। न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले प्रहरीको मागबमोजिम आदेश जारी गरेसँगै उनीहरूलाई पुनः पक्राउ गर्न बाटो खुलेको छ। 

सीआईबीले पक्राउ गरेपनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेपछि त्यसैदिन छाडिएको थियो।

यसअघि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ। सीआईबीले अहिले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी ब्यवस्था छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .