ad ad

समाज


भिजिबिलिटी नपुगेपछि नेपाल एयरलाइन्सको विमान दिल्ली डाइभर्ट, चारवटा होल्डमा

भिजिबिलिटी नपुगेपछि नेपाल एयरलाइन्सको विमान दिल्ली डाइभर्ट, चारवटा होल्डमा

नेपालखबर
माघ ४, २०७६ शनिबार ५:४२,

 पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलको भिजिबिलिटी नपुगेपछि अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित बनेको छ।

त्रिभुवन विमानस्थलका अनुसार शनिबार बिहान अवतरण हुन नसकेपछि क्वालालाम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान दिल्ली डाइभर्ट गरिएको छ। चारवटा विमानहरु होल्डमा छन्।

होल्डमा रहेका विमानहरुमा इस्तानबुलबाट आएको टर्किस एयरलाइन्स, दोहाबाट आएको नेपाल एयरलाइन्स र कतार एयरलाइन्स, ग्वान्झाओबाट आएको चाइना साउथन एयरलाइन्स छन्।

मौसमी अवस्थाबारे के भन्छन् मौसमविद्?

शनिबार दिउँसो साढेँ ११ बजेबाट भने विमानस्थलको मौसमी अवस्था सामान्यउन्मुख रहेको विमानस्थलका प्रवक्त चन्द्रलाल कर्णले बताए।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ती कँडेलका अनुसार शनिबारदेखि मौसममा क्रमिक सुधार देखिनेछ।

‘पश्चिमी न्यूनचापिय प्रणालीका कारणले उच्च पाहाडी तथा हिमाली भु–भागमा हिमपात भइरहेको छ भने पहाडी तथा तराईका भुभागमा वर्षा भइरहेको अवस्था छ,’ कँडेलले भनिन्, ‘बिहीबारदेखि प्रभाव शुक्रबार दिनभर र रातिसम्म पनि रहन्छ। यस्तै शनिबारदेखि भने क्रमिक सुधार हुने देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .