बूढाबूढी गाडीबाट सँगै झरे। सिमसिम पानी परिरहेको थियो। उनीहरूले छाता किन्न खोजे। यता वरिपरि पसल थिएन। पतिले छोराहरू बोकेपछि पत्नी शौचालय गइन्। उनी नआउन्जेल पतिले यताउता हेरिरहे। पारि जाने बाटो खोजेको होला भन्ने लाग्यो। बच्चा बोकेर यहीं उभिरहेका थिए।
उनीहरूले दूध पनि बट्टाबाट ल्याएका रहेछन्। शौचालयबाट फर्केर आएपछि उनीहरूले उत्तापट्टि मेरी बहिनीको घरमा तताएर सानो छोरालाई खुवाए। बहिनीका छोराहरूले बच्चालाई ताली बजाएर जिस्क्याए, हँसाए पनि। एकछिन यतै बसे। त्यसपछि यही झोलुंगे पुल तरेर उनीहरू पारि गए।
आजको अन्नपूर्ण पोस्टमा धादिङको बाँदरे मोडमा होटल सञ्चालक वदनकुमारी श्रेष्ठ अगाडि भन्छिन् : होटलमा दिनहुँ सयौं मान्छे आउँछन्–जान्छन्। को कहाँको कता जान लागेको भने केही पनि सोधिनँ।
एकछिनपछि ‘मान्छे बगायो–बगायो’ भन्ने हल्लाखल्ला आयो। मेरी बहिनीका छोराहरू कायक चलाउँथे। हत्तपत्त उनीहरू कायक लिएर दगुरे। केही बेर तल पुगेपछि केटाहरूले बूढाबूढीलाई समातेर निकालेछन्।
बच्चाहरू फेला परेनन्। उनीहरू त्यही दम्पती रहेछन्, केही बेरअघि यही बसेर बच्चालाई दूध खुवाएर गएका थिए। (भक्कानिँदै) पानीमा ती बच्चाहरूलाई कस्तो भयो होला? कति निसास्सिए होलान्? बरु बच्चा यहीं छाडेर गइएको भए मै पालिदिन्थें।
याे पनि : सपरिवार त्रिशूलीमा हामफालेर बचेका विनय भन्छन् : बिजिनेसमा घाटा भएपछि मर्ने निर्णय गरेका हौं
प्रतिक्रिया