शुक्रबार, ५ असार २०८३ (१९ जुन २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। रमणीय र सुखद यात्राको योग छ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। टाढिएका मित्रसँग नजिकिने समय छ। रोकिएका काम दोहोर्याएर गर्दा सम्पादन हुनेछन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयबजारमा ५०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
वृष: अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयबजारमा ४०, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
मिथुन: परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयबजारमा ५९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: मनमा हर्ष, उमङ्ग र उत्साह रहला। बोली बिक्ने समय छ। रमाइलो यात्राको योग रहेको छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीसँग मधुर मिलन हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५५, सेयबजारमा ५५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। सेयर बजारको कारोबार सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।
भाग्यशाली रङ रातो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
कन्या: कडा परिश्रम व्यर्थै खेर जान सक्छ। कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ। वैदेशिक कार्यमा अवरोध हुनेछ। कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ। गरेका काममा ढिलासुस्ती कहुनेछ।
भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
तुला: नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। कहीँकतैबाट उपहार प्राप्त होला। सवारी साधनको खरिद बिक्री हुने योग छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
वृश्चिक: स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। रोकिएका कार्यको पुन: थालनी हुनेछ। शुभ समाचार सुन्न पाइएला। नजिकका साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। अचल सम्पत्ति हात पर्ने योग छ।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
धनु: भाग्यले विभिन्न अवसर जुराउनेछ। धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। प्रेमीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: सहयोग नगर्ने र आश्वासन मात्र बाँड्नेहरू भेटिनेछन्। कार्यक्षेत्रमा अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ। साँझमा बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कुम्भ: रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र सहज रूपमा अघि बढ्नेछ। प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछन्। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिएर कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
मीन: शुभकार्यमा सरिक भइनेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
Shares

प्रतिक्रिया