ad ad

राजनीति


चर्चित भ्रष्टाचार काण्डका फाइलहरू लेखा समितिमा बुझाउनुपर्छ : सांसद केसी

चर्चित भ्रष्टाचार काण्डका फाइलहरू लेखा समितिमा बुझाउनुपर्छ : सांसद केसी

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार १७:२६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले आगामी बैठक बस्नु अगावै समित सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताए।

‘चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ। एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने प¥यो, अर्को बैठक भन्दा अघि सचिवालयले दिनैपर्छ,’ केसीले भने, ‘प्रत्येक हामी मान्य सदस्यले त्यो थाहा पाउनुपर्छ। के भएको छ, के निर्णय भयो, निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो भ्रम परिसकेको छ, त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्नसक्छ समितिले, एकपटक टुंगिसकेको कुरा केही हुँदैन।’

उनले समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभइ जानकारीका लागि पनि समितिले सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको पनि बताए। 

उनले समितिमा आएक अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसदको समितिको अपमान हुने बताए।

‘जुन निर्णय भयो, त्यसलाई थन्क्याएको छ भने सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भने संवैधानिक संस्थाले थन्क्यायो,’ उनले भने, ‘यो संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन। निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो। त्यो
सबै आओस्।’

संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको पनि बताए।

सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .