समाज


कक्षा १२ को परीक्षाफल सार्वजनिक

कक्षा १२ को परीक्षाफल सार्वजनिक

नेपालखबर
असार ५, २०८३ शुक्रबार १०:४, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित/आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन गरेको छ। 

आज असार ५ गते प्रकाशित नतिजाअनुसार सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० छ।

तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० छन्। 

जम्मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसमा नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत छन्।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np तथा नेपाल टेलिकमको website: https://neb.ntc.net.np बाट हेर्न सकिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad