ad ad

समाज


दिलीप हत्याबारे प्रहरी : घाइते बनाएपछि खोलामा सुताई टिपरले किचिएकाे

दिलीप हत्याबारे प्रहरी : घाइते बनाएपछि खोलामा सुताई टिपरले किचिएकाे

शैलेन्द्र महतो
पुस २६, २०७६ शनिबार १५:३०,

खोलाकाे अवैध उत्खननको विरोध गरेका कारण दिलीपकुमार महतोलाई त्यहाँका केही व्यक्तिले पहिले फलामको लिभरले कोखामा घोचेर घाइते बनाएपछि खोलामा सुताई टिपरले किचेर मारेको प्रहरीले बताएको छ।

सोहि आरोपमा प्रहरीले क्रसर संचालक विपिन कुमार महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक जितेन्द्र कुमार महतो र किसान रोशन कुमार यादवलाई शनिबार बेलुका पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

‘घट्ना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा खोलामा टिपरले बालुवा गिटी चोरी गरी लगिरहेको भन्ने थाहा पाई निज मृतक दिलिप भन्ने ओमप्रकाश महतोले टिपर समात्न गएकोमा निम्न मानिसहरुले दिलिप भन्ने ओम प्रकाश महतोलाई खोलामा समाती फलामको लिभरले दाहिने कोखामा घोचि घाइते पारी खोलामा सुताई ना ७ ख ६४१३ नम्बरको टिपरले किचि कर्तव्य गरी मारेको खुल्न आएकोमा निम्न मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कारवाही भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार बेलुका पत्रकार सम्मेलनमा बताएको छ।

SPwithaccusedअभियुक्तहरुलाई सार्वजनिक गर्दै धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेत

अभियुक्तहरुलाई सार्वजनिक गर्दै धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले हालसम्म अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको बताए। ‘अनुसन्धानको क्रममा साे घटनामा अन्यको समेत संलग्नता भए उनीहरुलाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनेछौं’ उपरीक्षक बस्नेतले भने।

टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको शवको पोस्टमार्टम शनिवार गरिएको थियाे। प्रादेशिक अस्पताल जनकपुरका चारजना चिकित्सकले झण्डै ३ घण्टा लगाएर दिलीपको शवलाई पोस्टमार्टम गरेका थिए।

कागजी प्रक्रियामा पहिले असहमति जनाएका मृतकका परिवारका सदस्यले पछि चित्त बुझाएपछि शनिवार अपराहन्न साढे ४ बजेदेखि साँझ ७ बजेर १० मिनेटसम्म दिलीपको शवको पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टममा शवको एक्स–रे र सिटीस्क्यान समेत गरिएको छ । गम्भीर एवं संवेदनशील घटना भएकाले बढी समय लगाएर हरेक भाग केलाएर पोस्टमार्टम गरिएको चिकित्सकहरुले बताएका छन।

दिलीप हत्या प्रकरण : झण्डै ३ घण्टा लगाएर पोस्टमार्टम, आजै राति अन्त्येष्टि

अवैध उत्खनन् रोक्न गएका दिलीपलाई कुटपिट गरी हत्या गरिएको खुलासा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .