समाज


दिलीप हत्या प्रकरण : झण्डै ३ घण्टा लगाएर पोस्टमार्टम, आजै राति अन्त्येष्टि

दिलीप हत्या प्रकरण : झण्डै ३ घण्टा लगाएर पोस्टमार्टम, आजै राति अन्त्येष्टि

नेपालखबर
पुस २६, २०७६ शनिबार १४:३७,

अवैध खोला उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको शवको पोस्टमार्टम गरिएको छ। प्रादेशिक अस्पताल जनकपुरका चारजना चिकित्सकले झण्डै ३ घण्टा लगाएर दिलीपको शवलाई पोस्टमार्टम गरिएको हो।

कागजी प्रक्रियामा मृतक परिवारको चित्त बुझेपछि शनिवार अपराहन्न साढे ४ बजेदेखि साँझ ७ बजेर १० मिनेटसम्म दिलीपको शवको पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टममा शवको एक्स–रे र सिटीस्क्यान समेत गरिएको छ ।

गम्भीर एवं संवेदनशील घटना भएकाले बढी समय लगाएर हरेक भाग केलाएर पोस्टमार्टम गरिएको चिकित्सकहरुले बताएका छन ।

शुक्रबार बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर स्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला टिपरले किचेर दिलीपको हत्या भएको थियो।

तत्कालै ईलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोली पुगेर घटनास्थलमा मुचुल्का नै नबनाई शव पोस्टमार्टमको लागि पठाएपछि घटना झनै जटिल बनेको हो ।

शुक्रबार विहानै जनकपुर प्रादेशिक अस्पतालमा दिलीपको शव पोस्टमार्टमको लागि ल्याएपनि घटनास्थलको मुचुल्का, कागजी प्रक्रियमा मृतक परिवारको चित्त नबुझेपछि झण्डै ३६ घण्टा पश्चात मात्र पोस्टमार्टम भएको छ।

घटनास्थलबाट मुचुल्काबिनै प्रहरीले शव उठाएकाले घटनामा प्रहरीको समेत संलग्नता भएको हुन सक्ने मृतक परिवारले आरोप लगाउँदै आएका छन ।

पोस्टमार्टम पश्चात दिलीपको शवलाई अन्त्येष्टिको लागि लगिएको छ । राति नै दिलीपको शवलाई उनलाई हत्या भएकै स्थानमा अन्त्येष्टि गरिने उनका दाई विरेन्द्र महतोले बताएका छन् ।

दिलीप हत्या प्रकरणः ज्यान मार्ने धम्की दिने क्रसर उद्योगका सञ्चालक विपिन महतो पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .