समाज


पशुपतिनाथ कोषको जग्गाबारे जानकारी अध्यावधिक गर्न मन्त्रीको निर्देशन

पशुपतिनाथ कोषको जग्गाबारे जानकारी अध्यावधिक गर्न मन्त्रीको निर्देशन

नेपालखबर
पुस २६, २०७६ शनिबार १७:४,

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ विकास कोषको नाममा रहेको सबै जग्गाको अवस्थाको बारेमा जानकारी अध्यावधिक गर्नका लागि सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्।

पशुपति क्षेत्रको अवस्थाबारे शनिबार अवलोकन गर्ने क्रममा कोषका पदाधिकारीहरुलाई सो निर्देशन दिएका हुन्। भट्टराईले करिब ८ घण्टा पशुपति क्षेत्रको अवलोकन गरेका थिए।

उनले सार्वजनिक शौचालय, आर्यघाटको प्रबन्ध, गौशाला, फोहोर व्यवस्थापन, पसल र मन्दिरको सुरक्षा अवस्थासहितको विषयमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

सो क्रममा कोषका पदाधिकारीहरुले गौशालालाई स्थानन्तरणका लागि भैरहेको तयारीबारे जानकारी गराएका थिए। गौशालालाई गोठाटार स्थानान्तरणको तयारी भैरहेको उनीहरुले बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .