ad ad

समाज


दिलीप मृत्यु प्रकरण : प्रहरी मुचुल्कामा चित्त नबुझेपछि आफन्तले पोस्टमार्टम गर्न दिएनन्

दिलीप मृत्यु प्रकरण : प्रहरी मुचुल्कामा चित्त नबुझेपछि आफन्तले पोस्टमार्टम गर्न दिएनन्

शैलेन्द्र महतो
पुस २६, २०७६ शनिबार १०:५५,

अवैध उत्खननको विरोध गर्दे आएका धनुषाको मिथिला नगरपालिकाका युवक दिलीपकुमार महतोको शवको पोस्टमार्टम रोकिएको छ।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान  औरही खोलामा भएका अवैध उत्खनन रोक्ने क्रममा टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो।

मृत्युपछि प्रहरीले मुचुल्का नै नउठाई शव लिएर गएको थियो। अहिले मृतक दिलीपको शव प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ। मृतकका आफ्न्तहरुले प्रहरीको मुचुल्का र कानुनी प्रक्रिया नै गलत भएको भन्दै त्यो नसच्याएसम्म पोस्टर्माटम गर्नुको अर्थ नहुने बताएका छन्।

उनीहरुले मृत्यु भइसकेको व्यक्तिको शव हतारहतारमा उठाएर प्रहरीले गल्ती गरेको र त्यो नसच्याएसम्म पोस्टमार्टम हुन नसक्ने बताएका छन्। ‘मृत्यु भइसकेको मान्छेको शव उठाउन प्रहरीलाई यतिधेरै हतारो किन?’, मृतकका दाजु विरेन्द्रले भने, ‘घटनास्थलमा केही प्रमाण थिए होला, प्रत्यक्षदर्शीको बयान पनि लिइएन्। यो गलत भएको छ।’

प्रहरीले गाडीको ठक्करबाट दिलीपको मृत्यु भएको भन्ने मुचुल्का उठाएको भन्दै विरेन्द्रले थपे, ‘भाइमाथि भएको कुटपिटको उल्लेख नै भएको छैन। प्रहरी अपराधीलाई बचाउन लाग्दै छ हामी त्यसो हुन दिँदैनौँ।’

उनीहरुले मुचुल्का नउठाइ शव उठाउनुले प्रहरी प्रमाण नष्ट गर्ने अभिनामा लागेको र हत्या ठेकेदार र प्रहरी प्रशासनकै मिलेमतोमा भएको आरोप लगाएका छन्।

मिथिला नगरपालिका ५ का वडाध्यक्ष श्यामबाबु यादबले शुक्रबार बिहान ४ बजे दिलीपले उत्खनन् रोक्न खोज्दा आफूमाथि कुटपिट भएको र छिटो आउन आग्ह गरेको बताएका थिए। तर, प्रहरको मुचुल्कामा कुटपिट भएको बारे केही नभएको र दुर्घटनामा मृत्यु भएको जसरी पोस्टमार्टम गराउन खोजेपछि आफूहरु सहमत नभएको आफन्तहरु बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .