अमेरिकी समुन्द्र सेनाको पानी जहाजलाई रुसी युद्धक पानी जहाजले केही समय पछ्याएको थियो। त्यसपछि ठक्कर दिन खाजेको थियो।
अमेरिकी नौसेनाका अनुसार चेतावनी बाबजुद रुसी युद्धक पानी जहाजले अमेरिकी जहाजलाई पछ्याएको थियो।
यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ। अमेरिकी अधिकारीहरुले रुसी पानी जहाजले अमेरिकी पानी जहाजमाथि बारम्बार यस्तो गतिबिधि दोहोर्याएको आरोप लगाएको छ।
रुसको रक्षा मन्त्रालयले भने अमेरिकाले अन्तर्राष्ट्रिय नियम तोडेका कारण आफूले अमेरिकी नौसेनाको जहाजलाई चेतावनी दिन मात्र त्यस्तो कार्य गरेको प्रतिक्रिया जनाएको छ।
यसअघि रुसी फाइटर जेटले अमेरिकी फाइटर जेटलाई आकाशमै पछ्याएको खबर पनि सार्वजनिक भएका थिए। बीबीसी
(भिडियो)
3
Shares
प्रतिक्रिया