ad ad

समाज


प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित

फाइल फाेटाे


नेपालखबर
चैत १८, २०७९ शनिबार ७:४०, काठमाडौँ

महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्दै छन्।

न्याय खोज्दै काठमाडौँ आएका मिटरब्याजी पीडितहरूलाई आफूसँग भेट गर्न प्रधानमन्त्री प्रचण्डले आफ्नै सरकारी निवास (बालुवाटार) बोलाएका हुन्। प्रधानमन्त्रीले अहिले बिहान ८ बजे उनीहरूसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

मिटरब्याजीले उठीबास लगाएपछि महोत्तरीको बर्दिबासबाट पैदलयात्रा गरी काठमाडौँ आउनेमा काखे बच्चा च्यापेका आमाहरू पनि छन्। 

यसबीच सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ भने आन्दोलनरत मिटरब्याज पीडितहरूसँग वार्तासमेत गरिसकेको छ। 

यसपछि आज प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .