ad ad

समाज


'सोसल इन्क्वाइरी’ जर्नलको प्रकाशन सुरु

'सोसल इन्क्वाइरी’ जर्नलको प्रकाशन सुरु

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:२४,

अनुसन्धानमा आधारित रहेर समाज विज्ञानसँग सम्बन्धित लेखहरु प्रकाशन गर्ने उद्देश्यले ‘सोसल इन्क्वाइरी, जर्नल अफ सोसल साइन्स’ प्रकाशन सुरु भएको छ।

सशक्तीकरण र दिगो विकास मञ्च नेपालले यसको प्रकाशन गरेको हो। हो जर्नल वर्षमा दुई अंक प्रकाशन हुने संस्थाकी कोषाध्यक्ष शिव बगालेले जानकारी दिइन्।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रकाशन गरिएको सो जर्नलमा समाज विज्ञानमा आधारित ८ वटा शोध लेखहरु समावेश गरिएका छन्।

जर्नलका कार्यकारी सम्पादक श्रीप्रसाद देवकोटाले जर्नल अन्तर्राष्ट्रिय मानक सिरियल नम्बर आईएसएसएन र ईआईएसएसएन र डिजिटल बस्तु पहिचाहन कर्ता नम्बर डीओआई प्राप्त जर्नल रहेको जानकारी दिए।

नेपाली समाज विज्ञानमा आधारित अनुसन्धानात्मक लेखहरु अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्नु शोध पत्रिकाकाको मुख्य लक्ष्य रहेको छ कार्यकारी सम्पादक देवकोटाले जानकारी दिए। उनले सबै विश्वविद्यालय वा बाहिरका शोधकर्ताहरुले जर्नलका लागि लेखहरु पठाउन सक्ने उनले बताए।

अर्का कार्यकारी सम्पादक रेवत ढकालले शोधलेखहरुको अन्तर्राष्टिय गुणस्तर कायम गर्नु र स्तरीय शोधलेख प्रकाशन गर्नु जर्नल प्रकाशनको उद्देश्य रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .