ad ad

कारोबार


पाँच महिनामा नेपालीले चुराेटमै उडाए १ अर्ब

पाँच महिनामा नेपालीले चुराेटमै उडाए १ अर्ब

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:१९,

सुर्तीजन्य वस्तुको आयात गत वर्षभन्दा चालू आवमा बढेको छ। चालू आर्थिक वर्ष ०७६/०७७ को पहिलो पाँच महिनामा १ अर्ब २९ करोडको चुरोट तथा सुर्तीजन्य वस्तु आयात भएको हो।

प्रत्येक प्याकमा ‘चुरोट तथा सुर्ती सेवन स्वास्थ्यको लागि हानिकारक छ’ भनेर तस्बिरसहितको चेतावनी लेखिए पनि नेपाली समाजलाई त्यसले असर नगरेको तथ्यांकले देखाएको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ९३ करोड ४८ लाख रुपैयाँको सुर्तीजन्य पदार्थ आयात भएको थियो। तर यो वर्षको सोही अवधिमा १ अर्ब २९ करोडको सुर्तीजन्य पदार्थ आयात भएको छ।

विभिन्न अध्ययनले विश्वमा ९० प्रतिशत क्यान्सर सुर्तीजन्य वस्तुको सेवनले हुने गरेको देखाएको छ। महंगो उपचार खर्च लाग्ने क्यान्सर रोग लागेका धेरै बिरामीको अल्पायुमै मृत्युसमेत हुने गरेको छ।

१३ अर्बको औषधि आयात
यस्तै चालू आवको पाँच महिनामा नेपालले १३ अर्ब २७ करोडको औषधि आयात गरेको छ। गत वर्षको यही अवधिमा १४ अर्ब ५५ करोडको औषधि आयात भएको थियो।

हरेक वर्ष सरकारले स्वास्थ्य सचेतना कार्यक्रमको लागि ठुलो रकम खर्च गर्छ। सरकारले लगानी गर्ने यस्ता सचेतनाका कार्यक्रमका लागि भने सुर्तीजन्य वस्तुबाटै ठूलै राजस्व उठाउने गरेको छ।

पाँच महिनामा १ अर्ब २९ करोडको सुर्तीजन्य वस्तु आयात हुँदा १ अर्ब १५ करोड राजस्व संकलन भएको छ। गत वर्षको यही अवधिमा सुर्तीजन्य आयात हुँदा ९० करोड १६ लाख राजस्व उठाएको थियो।

५ करोडको सुर्ती र ६० करोडको औषधि निर्यात
यसैबीच, नेपालले चालू आवको पहिलो पाँच महिनामा ४ करोड ९१ लाखको सुर्तीजन्य वस्तु बाह्य निर्यात गरेको छ। गत वर्षको यही अवधिमा ७ करोड ५३ लाखको निर्यात भएको थियो। त्यस्तै, औषधिजन्य उत्पादनतर्फ चालू आवमा ६० करोड ३१ लाखको निर्यात भएको छ। गत वर्ष ४८ करोड ४ लाख निर्यात भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .