ad ad

अटो


भीसीटीएस प्रणालीबारे नाडा प्रतिनिधि र राजश्व विभागबीच छलफल

भीसीटीएस प्रणालीबारे नाडा प्रतिनिधि र राजश्व विभागबीच छलफल

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:२७,

नाडाका नवनिर्वाचित प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँग भेटी सरकारले ल्याएको भीसीटीएस प्रणाली (भेइकल कन्सीमेन्ट ट्रयाकिङ सिस्टम) प्राणालीको बारेमा छलफल गरेको छ।

व्यावसायिकक्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्धेश्यले ल्याएको भीसीटीएस प्रणाली (भेइकल कन्सीमेन्ट ट्रयाकिङ सिस्टम) को कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ।

यही पौष १६ गते नाडा प्रतिनिधि मण्डलले मुलतः अटोमोवाइल व्यवसायीहरुमा भीसीटीएसबारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारेमा महानिर्देशकसँग छलफल गरेको थियो। सो छलफलका क्रममा महानिर्देशक मैनालीले भीसीटीएस व्यवसायीहरुकै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई सहयोग गर्न विभाग सदैव तयार रहेको बताए।

उनले यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भए पछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरु कै सहजताको लागि अशोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था बताए।

छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भीसीटीएस प्रणाली बारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्नेे भएकोले त्यस कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागबाट तत्सम्बन्धी विज्ञको अपेक्षा गरेको बताए। सोही छलफलको अन्तमा महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज्ड सिष्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई अवगत गराएका थिए।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो। नाडाको इतिहासमा राजश्व अनुसन्धान विभागसँग यसरी औपचारिक रुपमा छलफल गरिएको पहिलो भएको समेत नाडाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .