ad ad

समाज


काठमाडौँको तापक्रम १.५ डिग्री, तराईमा हुस्सु र कुहिरो

काठमाडौँको तापक्रम १.५ डिग्री, तराईमा हुस्सु र कुहिरो

नेपालखबर
पुस ११, २०७६ शुक्रबार १:५१,

काठमाडौं उपत्यकाको तापक्रम आज (शुक्रबार) बिहान १ दशमलव ५ डिग्री मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुती पोखरेलले दिएको जानकारीअनुसार बिहान ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री मापन गरिएको हो।

हिजो भन्दा आज काठमाडौँ उपत्यकाको तापक्रम केही बढेको पोखरेलले बताइन्।

‘बुधबार बिहान न्युनतम तापक्रम शून्य दशमलव ९ डिग्रीमा झरेको थियो,’ पोखरेलले नेपालखबरसँग भनिन्, ‘हिजोभन्दा आज काठमाडौँमा केही तापक्रम बढेको छ।’

अहिले तापक्रम १.५ भए पनि यो अझै घट्न सक्ने उनले बताइन्।

अहिले काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्ने क्रममा छ। तराईका जिल्लाका एक सातादेखि बाक्लो हुस्सु–कुहिरो लागिरहेको छ।

पश्चिमी क्षेत्रमा दिउँसोपख हुस्सु–कुहिरो हट्ने सम्भावना छ। पूर्वका कतिपय ठाउँमा भने दिनभर नै हुस्सु–कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

देशको पहाडी क्षेत्रको मौसम भने अहिले सामान्यता सफा छ।

महाशाखाको जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
पुस ११ गते

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भुभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १२ गते
दिउँसो : देशका पूर्वी पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भुभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १३ गते

दिउँसो : देशभर मौसम सामान्यतया मौसम सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया मौसम सफा रहनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .