समाज


गृहको निर्देशन : कार्यविधिविपरीत निजी सुरक्षामा तैनाथ प्रहरी ४८ घण्टाभित्र फिर्ता गर्नू

गृहको निर्देशन : कार्यविधिविपरीत निजी सुरक्षामा तैनाथ प्रहरी ४८ घण्टाभित्र फिर्ता गर्नू

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०७९ मंगलबार १५:१९, काठमाडौँ

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी ४८ घण्टाभित्र फर्काउन निर्देशन दिएको छ। 

रवि लामिछाने गृहमन्त्री भएलगत्तै नेता र उच्च पदस्थहरुको निजी सुरक्षामा खटाइएका सबै सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका निकायलाई निर्देशन दिएका हुन्।

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरे पनि त्यसविपरीत सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

यस्तोमा गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो। 'उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्व कर्मचारी/सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ', पोखरेलले भनेका छन्, 'उक्त कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिनुहुन सबैमा अनुरोध छ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad