अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुईजना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। अख्तियार बुटवलको टोलीले जिल्ला अदालत रुपन्देहीका दुई जना कर्मचारिलाई घुस रकमसहित पक्राउ गरेको हो।
अदालतका लेखापाल विनोद शर्मा र नासु बुद्धिप्रकाश न्यौपानेलाई दुई हजार रुपैयाँ घुस वापतको रकमसहित पक्राउ गरिएको अख्तियार बुटवल प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
एकजना सेवाग्राहीसँग धरौटीबापत राखेको रकम फिर्ता गराईदिन सहजिकरण गरिदिने भन्दै घुस रकम लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको भुसालले बताए।

प्रतिक्रिया