समाज


यी ज्याकेट जसमा थियाे १५ कराेडकाे काेकिनकाे न्यानाे

यी ज्याकेट जसमा थियाे १५ कराेडकाे काेकिनकाे न्यानाे

नेपालखबर
पुस ६, २०७६ आइतबार १५:४८,

सामान्यतया जाडाेमा लगाउने ज्याकेटकाे भित्री भागमा न्यानाे कपडा 'फर' राखिएकाे हुन्छ। तर लागू औषध नियन्त्रण ब्युराेले यस्ता न्यानाे ज्याकेटमा फरकाे साटाे काेकिन पट्याएर राख्दै ६ किलाे काेकिन तस्करीमा संलग्न ४ विदेशीलाई पक्राउ गरेकाे छ।

ब्युरोबाट खटिएको प्रहरी टोलीले विगत लामो समय देखिको सूचना संकलन, विश्लेषण एवं निगरानी पश्‍चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको १ नं. स्क्रिनमा यात्रुहरुको झोला चेकजाँच गर्ने क्रममा आइतबार काेकिनसित बेलारुसका नागरिक राहदानी नम्बर एबी२७१२०६० वाहक वर्ष २१ को पाभेल भासिलियाे र राहदानी नं. केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना अल्डाेसेनालाई पक्राउ गरेकाे हाे। 

क्याथे प्यासिफिकको फ्लाईट नम्बर केए १०३ को उडानद्वारा काठमाडाैंबाट हङकङ जान लागेका उनीहरुले साथमा ल्याएको सुटकेशहरु चेकजाँच गर्दा प्रहरीले ६ किलाे काेकिन फेला पारेकाे थियाे।

पाभेल भासिलियाेले साथमा ल्याएको रातो, निलो रंगको सुटकेशको भित्रि भागमा रहेको ४ वटा ज्याकेटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा तीन किलो र उनीसँगै आएकी एलिना अल्डाेसेनाले साथमा ल्याएको रातो रंगको सुटकेश भित्र रहेको ४ वटा ज्याकेटमा उस्तै अवस्थामा ३ किलो गरी जम्मा ६ किलो कोकिन बरामद गरिएकाे हाे।

उनीहरुले आफूहरूलाई बोलेभियन दुई नागरिकले कोकिन दिएको बयान दिएपछि लाजिम्पाटस्थित होटल लर्ड गार्डेन कोठा नम्बर १०४ बाट प्रहरीले बाेलेभियन नागिरकद्वय रोबोर्ट कार्लाेस मिरुबिया मारियस र राउल जम्ब्राना आर्डाेनिजलाई पक्राउ गरेकाे हाे। 

उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .