ad ad

समाज


अध्यक्षलाई अपहरणमुक्त गर्न १३ घण्टा खटिए प्रहरी

अध्यक्षलाई अपहरणमुक्त गर्न १३ घण्टा खटिए प्रहरी

दीपक खरेल
पुस ६, २०७६ आइतबार १६:६,

अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही कालिकोटको शुभकालिका गाउँपालिकाको जंगलमा भेटिए। घरमै सुतेका शाही र उनकी पत्नी इलालाई शनिबार राति करिब २ बजे विप्लव समूहले अपहरण गरेको थियो।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीका अनुसार अध्यक्ष शाहीलाई १३ घण्टा लामो कारबाही पछि उद्दार गरिएको हो। यो कारबाहीमा नेपाल प्रहरी र सशस्त्रका १ सय ६० जना संलग्न थिए। जसमा जंगल र पहाडमा उद्दारको विशेष तालिम लिएका कमान्डो समेत गणबाट खटिएका थिए। उद्धार पछि डीआईजी जोशीले लामो श्वास लिँदै भने ‘अध्यक्ष ज्यू सकुशल हुनुहुन्छ।’

प्रहरीले कालिकोट, दैलेख, अछाम र प्रदेश प्रहरी कार्यालयबाट सानो टोली बनाएर अध्यक्ष शाहीको खोजीमा परिचालन गरेको थियो। शाही कालिकोटको गोठछाटी जंगलमा रहेको निश्चित भएपछि प्रहरी र सशस्त्रको टोलीले घेरा हालेको थियो।

डीआईजी जोशीले प्रहरी टोली अपहरणमा संलग्नको खोजीमा परिचालन भएको नेपालखबरलाई बताए। उनका अनुसार प्रहरी टोली देखेपछि विप्लवका कार्यकर्ता शाहीलाई छोडेर भागेका थिए। उनले घटनाको बिस्तृत अनुसन्धान हुने जनाएका छन्।

 शनिबार राति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष शाहीसहित उनकी पत्नी इला मल्ल शाहीलाई अपहरण गरेका हुन्। इला स्थानीय कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापकसमेत हुन्।

विप्लव कार्यकर्ताले अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीलाई पनि अपहरण गरेका थिए। तर, हस्तवहादुरलाई भने केही समयपछि नै छाडिएको थियो। हस्तबहादुर पनि कृष्ण माविका शिक्षक हुन्।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले यसअघि नै अध्यक्ष शाहीलाई चेतावनी पत्र दिएको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .