त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागू औषध कोकिन ३ केजीसहित बोलिभियन नागरिक पक्राउ परेकी छन्।राहदानी नम्बर सीई २८०७२ वाहक ४१ वर्षीया हिर्रेरा आर्टिगा ओल्गालाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे।
फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरस्थित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा उनको सुटकेशभित्र उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया