राजनीति


चीनको दोस्रो विमानवाहक जहाज सेवामा प्रवेश

चीनको दोस्रो विमानवाहक जहाज सेवामा प्रवेश

नेपालखबर
पुस १, २०७६ मंगलबार १३:१७,

चीनको दोस्रो विमानवाहक जहाज मंगलबारदेखि सेवामा प्रवेश गरेको छ। ‘सानदोङ’ नाम दिइएको यो विमानवाहक जहाज पूर्णकालीन सेवामा प्रवेश गरेसँगै चीनको सैन्य क्षमतामा ठूलो अभिवृद्धि भएको विश्लेषण गरिएको छ।

दक्षिणी टापु हाइनानमा आयोजित समारोहमा राष्ट्रपति सी जिनपिङको उपस्थितिमा सो हजार जनमुक्ति सेनालाई हस्तान्तरण गरिएको थियो। सो समारोहमा ५ हजार जनाको सहभागिता रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। सीले सो जहाजको निरीक्षण गर्नुका साथै सेनाका जवानहरुसँग भेट पनि गरेका थिए।

यससँगै एकभन्दा बढी विमानवाहक जहाज भएका सीमित मुलुकमध्ये चीन पनि एक भएको छ।

यसअघि चीनसँग ‘लायोनिङ’ नामक युक्रेनबाट किनिएको सोभियतकालीन विमानवाहक जहाज मात्र थियो। जसलाई २०१२ मा सेवामा लगाइएको थियो।

सानदोङ भने चीनले आफ्नै प्रविधि प्रयोग गरेर घरेलु रुपमै निर्माण गरेको जहाज हो। द ग्लोबल टाइम्सले नयाँ विमानवाहक जहाज अघिल्लोभन्दा निकै शक्तिशाली रहेको बताएको छ।

चीनले तेस्रो विमानवाहक जहाज पनि बनाइरहेको बताइन्छ।

पछिल्लो समय चीनको सैन्य महत्वाकांक्षा बढ्दै गएको देखिन्छ। गत जुलाईमा सेनालाई आधुनिकीकरण गर्ने योजना चीनले अघि सारेको छ।

गत वर्ष चीनले सन् २०१९ का लागि १७८ अर्ब डलर रक्षा बजेट विनियोजन गरेको छ।

हाल अमेरिकासँग आणविक शक्तिबाट चल्ने १० वटा विमानवाहक जहाज छ। बेलायतसँग दुई वटा र रुससँग एउटा मात्र यस्तो जहाज छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad