ad ad

समाज


बलात्कार अभियोग लागेका सन्दीप लामिछाने बिहीबार नेपाल आइपुग्लान्?

बलात्कार अभियोग लागेका सन्दीप लामिछाने बिहीबार नेपाल आइपुग्लान्?

फाइल फाेटाे


नेपालखबर
असोज १९, २०७९ बुधबार २०:३९, काठमाडौँ

नाबालिग बलात्कार अभियोग लागेका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यही असोज १५ गते फेसबुकमा लेखेको कुरा सत्य हो भने उनी भोलि अर्थात् असोज २० गते नेपाल आइपुग्नेछन् र प्रहरी समक्ष आत्मसमर्पण गर्नेछन्। 

क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका बेला लामिछानेविरुद्ध एक जना नाबालिगले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। त्यसको तीन दिनपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तान पदबाट निलम्बन गरेको थियो भने योसँगै क्यारेबियन प्रिमियर लिग खेल्ने सम्झौता पनि रद्द भएको थियो। 

उनले गत शनिबार फेसबुकमा स्टाटस लेख्दै आफू भोलि बिहीबार नेपाल आउने र कानुनी लडाइँका लागि आफैं प्रहरी समक्ष हाजिर हुने उल्लेख गरेका छन्। 

उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफूलाई कानुनी प्रणालीमा अटल विश्वास रहेको उल्लेख गरेका छन्। उनले आफूले छिटै नै न्याय पाउने विश्वाससमेत व्यक्त गरेका छन्। 

सन्दीपले आफू बिहीबार आत्मसमर्पण गर्ने भनेर कुनै सूचना गरेका छन् भन्ने नेपालखबरको जिज्ञासामा प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी सञ्जीवबाबु खड्काले अहिलेसम्म आफूलाई कुनै सूचना नआएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .