हङकङका सुरक्षामन्त्रीले नेपालीका घरघरमा पुगेर गरे ‘फाएर डिटेक्टर’ जडान

हङकङका सुरक्षामन्त्रीले नेपालीका घरघरमा पुगेर गरे ‘फाएर डिटेक्टर’ जडान

नेपालखबर
असोज १९, २०७९ बुधबार २०:५५, हङकङ

हङकङका सुरक्षामन्त्री ताङ पिङ कियोङले जोर्डनमामा रहेका नेपालीको घरघरमा गएर ‘फाएर डिटेक्टर’ जडान गर्न सुरु गरेका छन्।

बुधबार ताङले सामुदायिक एकता राष्ट्रिय दिवस तथा सुनौलो सरदऋतु दिवसको अवसरमा आयोजित कार्यक्रममा हङकङका नेपालीलाई लक्षित गरी ‘फाएर डिटेक्टर’ जडान सुरु गरेका हुन्।

जोर्डन क्षेत्रमा रहेका नेपाली परिवारका घरघरमा पुगेर मन्त्री ताङले आगलागीबाट जोगिने उपकरण वितरण गर्नुका साथै ‘फाएर डिटेक्टर’ पनि जडान सुरुवात गरेका हुन्।

हङकङको जोर्डन नेपालीको बाक्लो बसोबास रहेको क्षेत्र हो, जहाँ गतवर्ष भएको आगलागीमा परेर ८ जना नेपालीको मृत्यु भएको थियो। नेपालीको रेष्टुरेन्टमा भएको यो आगलागीको घटनापछि नेपाली लगायत अल्पसंख्यक समुदायलाई केन्द्रित गरेर सरकारले कार्यक्रम ल्याएको हो।

मुख्यतया दसैँ, तिहार लगायत चाडवाडका बेला हुन सक्ने आगलागीका घटनाबाट बच्न र जागरूप बनाउन चेतानमुलक कार्यक्रमहरु सञ्चालन गरिएको छ।

कार्यक्रममा सम्बोधनको क्रममा सुरक्षामन्त्री ताङले अग्नि सुरक्षा समिति र याउचिममोङ जिल्ला कार्यालयलाई आगो नियन्त्रण सम्बन्धी गतिविधि सक्रियतापूर्वक प्रवर्द्धन गरेकोमा कृतज्ञता व्यक्त गरे।

कार्यक्रम सुरु भएपछि मन्त्री ताङले नेपाली लगायत अल्पसंख्यक समुदायका पसल तथा घरघर गएर आगलागी रोकथाम सम्बन्धि पर्चा र बिजुलीका मैनबत्ती वितरण गरे। त्यही अवसरमा केही घरमा ‘फाएर डिटेक्टर’ जडान गरिएको हो।

दसैँ, दीपावली र नेपाली नयाँ वर्षजस्ता चाडहरूमा आगलागीको जोखिम कम गर्न परम्परागत तेलबत्ती र मैनबत्तीको सट्टा इलेक्ट्रोनिक मैनबत्ती प्रयोग गर्न प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको छ।

याउचिममोङ जिल्ला अग्नि सुरक्षा समिति, याउचिममोङ जिल्ला कार्यालय र हङकङ फायर सर्भिस डिपार्टमेन्टको संयुक्त अयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन सुरक्षामन्त्री ताङले गरेका हुन्।

कार्यक्रममा अग्नि सेवाका उपनिर्देशक वोङ चुनयिप, याउचिममोङ जिल्ला अधिकारी एडवर्ड यु जेपी र जिल्ला अग्नि सुरक्षा समितिकी अध्यक्ष एन अउ जेपी सहभागी भएका थिए।

हङकङको जोर्डनस्थित म्याक सेन्टरमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन याउचिममोङ फाएर सेफ्टी कमिटीका नेपाली सदस्य अरुणा गुरुङले गरेकी थिइन्।

कार्यक्रमको समापनपछि सहभागीहरुलाई चीनको राष्ट्रिय दिवसको अवसरमा भाग्यसाली झोला वितरण गरिएको थियो।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .