ad ad

समाज


सुन्दरी प्रतियोगिताका नाममा बलात्कार : आरोपी मनोज पाण्डे पक्राउ

सुन्दरी प्रतियोगिताका नाममा बलात्कार : आरोपी मनोज पाण्डे पक्राउ

यौन हिंसा अभियोगमा पक्राउ परेका मनोज पाण्डे


नेपालखबर
जेठ ७, २०७९ शनिबार १८:१२, काठमाडौँ

सुन्दरी प्रतियोगिताको आडमा एकजना किशोरीमाथि यौन दुर्व्यवहार आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

आठ वर्षअघि भएको भनिएको उक्त यौन हिंसाको घटना सार्वजनिक भएसँगै प्रहरीले पाण्डेसहितलाई खोजी थालेको थियो।

सुन्दरी प्रतियोगिताका आयोजकमध्ये एकजना उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो। 

सुन्दरी प्रतियोगितामा भाग लिँदा यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न नेपाल प्रहरीले ५ सदस्यीय समिति बनाएको भोलिपल्ट पाण्डे समातिएका हुन्। ​

उपत्यका प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा समिति बनेको थियो। महाशाखाको टोलीले उनलाई हिरासतमा लिएको हो। 

प्रहरी प्रधान कार्यालयले शुक्रबार कुँवरको नेतृत्वमा बनाएको समितिमा एसपी कृष्णप्रसाद कोइराला, डीएसपी कोपिला चुँडाल, डीएसपी हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का थिए। ​

८ वर्षअघि यौन हिंसामा परेकी भनिएकी ती किशोरीले आफूलाई परेको अन्यायबारे सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी थिइन्।

शुक्रबार अपरान्ह एसपी कोइरालासहितको टोली किशोरीलाई भेटेर फर्किएको थियो। 

पीडितलाई भेट्नु अघि प्रहरीले कानुनी परामर्श गरेको थियो। बलात्कारको मुद्दामा हद म्याद नाघेकाले अब कुन कसुरमा कारबाही अगाडी बढाउने भन्ने परामर्श गरेको थियो।

घटनाबारे जानकारी लिँदै कानुनी प्रावधानबारे पनि पीडितसँग प्रहरीले परामर्श गरिसकेको छ।

७/८ वर्ष पहिले भएको घटना पीडितले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन्। त्यसलगत्तै घटनामा संलग्नलाई कारबाही गर्न चौतर्फी दबाब बढेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .