पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित श्री जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार राईले जय भवानी माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताको राष्ट्रसेवक पद तथा ओहदाको लागि कक्षा ८ र एसएलसीको लब्धाङ्क पत्र र चारीत्रिक प्रमाणपत्र झुट्टा तथा नक्कली शैक्षिक योग्यता प्रमाणपत्रहरू पेस गरी लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरेको पुष्टि भएको अख्तियारको ठहर छ।
राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज आरोपपत्र दायर गरिएको हो।
Shares

प्रतिक्रिया