ad ad

समाज


बलात्कारपीडित किशोरी प्रहरीको सम्पर्कमा, सुरु भयो अनुसन्धान

बलात्कारपीडित किशोरी प्रहरीको सम्पर्कमा, सुरु भयो अनुसन्धान

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ११:५७, काठमाडौँ

सुन्दरी प्रतियोगितामा भाग लिएकी किशोरीमाथि भएको यौनहिंसाको घटनामा प्रहरीले अनुसन्धान थालेको छ। पीडितसँग सम्पर्क गरेर उपत्यका प्रहरी अपराध महाशाखाले घटनाको अनुसन्धान सुरु गरेको हो।

‘हामीले उहाँसँग सम्पर्क गरेर सत्यतथ्य बुझ्ने र उहाँलाई काउन्सिलिङ गर्ने प्रक्रिया अगाडि बढाएका छौं’, अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘घटना बुझिसकेपछि उहाँलाई जसरी न्याय दिन सकिन्छ त्यो कुरामा प्रहरी अगाडि बढेको छ।’

कानुनअनुसार बलात्कारको मुद्दामा हद म्याद नाघिसकेकाले प्रहरीले कानुनी पराशर्म पनि थालेको छ। 

‘पीडितलाई भेट्नका लागि अनुकुल समय मिलेको छैन। उहाँलाई भेट्न हामी घरमै जान्छौँ। उहाँको घरमा पनि अहिले भिडभाड नै छ, अनुकुल समय पारेर भेट्छौँ र कुरा बुझ्छौं’, एसएसपी कुँवरले भने।

७/८ वर्ष पहिले भएको घटना पीडितले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन्। त्यसलगतै घटनाका दोषीलाई कारबाही गर्न चौतर्फी दबाब बढेको छ। कानुन अनुसार हदम्याद नाघे पनि पीडिकलाई उन्मुक्ति नदिन दबाब छ।

यस्तै प्रहरीले घटनामा संलग्न भनिएका व्यक्तिमाथि पनि निगरानी बढाएको छ। 

‘अहिले नै पक्राउ गर्ने कुरा भएन। घटनाको वास्तविकता बुझेर र कानुनी पाटोबाट क्लियर भएर पीडितको कुरा सम्बोधन गर्छौँ’, प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने।

दोषीमाथि सजाय माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ।

प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन्।

उनीहरुले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .