काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि आवेदन माग गरिएको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।
समितिले जारी गरेको सूचनाअनुसार पहिलो पटक प्रकाशित भएको मितिदेखि १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको वेवसाइटमा दिइएको लिंकमार्फत् दरखास्त पेस गर्न सकिनेछ।
यसअघि जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।
समितिमा राष्ट्रिय योजना आयोग सदस्य रेशु अर्याल ढुंगाना र केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्मा सदस्य छन्।

प्रतिक्रिया