मैले ६,७ वर्षकी हुँदा ३, ४ वटा चलचित्रमा काम गरेकी थिएँ। त्यति बेला नै मैले मोडल हुन्छु, हिरोइन हुन्छु भनेर सोचेकी थिएँ। त्यसपछि १२ को परीक्षा सकिएपछि मैले अडिसन दिएँ।
त्यहाँ म छनोट त भइनँ, तर त्यतिबेलाको फोटो सार्वजनिक भएपछि मलाई पीडकले फोन गर्यो र फोटो सुटका लागि बोलायो।
त्योबेला म एकदम उत्साहित भएँ। किनभने, म मोडल हुन चाहन्थेँ। त्योबेलामा एउटा अनलाइनको एउटा नाम चलेको फोटोग्राफर र उसले मलाई फोटो सुटका लागि बोलाए। मेरो फोटो खिचे र ५ हजार रुपैयाँ दिए।
उसले भन्यो, ऊ ‘ब्युटी प्याजेन्ट’को आयोजक हो भन्यो। म त्योबेलामा फष्ट रनरअप भएकी थिएँ।
त्योबेलाका सबै प्रमाणहरु राखेकी थिएँ। तर, २०१८ तिर ती सबै प्रमाणहरु मैले डिलिट गरेँ। अहिले म कसैको नाम पनि सार्वजनिक गर्न सक्दिनँ। किनभने, मसँग प्रमाणहरु छैनन्।
विजेता भएपछि ‘सक्सेस पार्टी’ मा बोलाइयो। एभरेष्ट होटलमा बोलाइएको थियो। म पुगेँ। तर, त्यहाँ कोही पनि थिएन। मैले सोधेँ, अरु खै ? उसले भन्यो, तिमी छिटो आयौ, बस्दै गर, अरु आउँदै छन्।
बलात्कारपीडित किशोरी प्रहरीको सम्पर्कमा, सुरु भयो अनुसन्धान |
म बसेको केही समयपछि ‘वेलकम ड्रिंक्स भनेर आइस हालेको कागती पानी ल्याएर दियो, त्यो मैले खाएँ।
त्यसको १०, १५ मिनेटपछि आफूलाई असहज महसुस गरेँ। म घर जान्छु भन्दा उसले केटीहरुलाई गाह्रो होला भनेर एउटा रुम लिएर राखेको छु भन्यो।
त्योबेलामा म १६ वर्षकी मात्र थिएँ। उसले सबैजना आएपछि कसैलाई लिन पठाउँछु, तिमी आराम गर भन्यो। अनि म रुममा गएँ।
मलाई केहीबेरमा थोरै–थोरै होस खुलेको थियो। तर, केही थाहा पाएको थिइनँ। म होसमा हुँदा उसले मलाई केही गरिरहेको थियो, जुन निकै पीडादायक थियो।
साढे ४, ५ बजेतिर होस खुल्दा उ मेरो छेउमा थियो। उ र म दुवैजना नग्न थियौँ। बिस्तारामा रगत थियो। त्यो देखेर म धेरै रोएँ।
त्यसपछि उसले मैले तेरो ब्यागमा २० हजार रुपैयाँ हाल्देको छु, तिमीलाई पैसा चाहिएको थियो, त्यसैले यस्तो भयो भनेर मलाई म्यानुप्लेट गर्न थाल्यो।
त्योबेलामा ढोका बन्द थियो। मैले पेसा हेरेँ। त्यो मान्छेलाई हेरेँ। अनि ऐनामा आफैँलाई हेरेँ। नग्न थिएँ।
त्योबेलामा मैले सोच्न सकिनँ कि यो साँच्चै के भएको छ। उसले मलाई यो कुरा कसैलाई भन्यो भने फोटो, भिडियो सार्वजनिक गर्ने भन्यो। किनभने, उसका नाम चलेका फोटो पत्रकार साथी छन् भन्यो।
उसले मलाई ट्याक्सी बोलाइदियो। त्योबेलामा मेरो शरीरले केही प्रतिक्रिया गर्न सकेकै थिएँ। म ट्याक्सी चढेर घर आएँ। कसैलाई केही भनिनँ।
केही महिनापछि उसले मलाई फोन गर्न थाल्यो। ५,६ महिनासम्म उसले मलाई उसका केही साथीहरुसँग उसको अगाडि सुत्न लगायो। यसले मलाई के–के गर्न लगायो भनेर भन्न पनि सक्दिनँ।
त्यो समय मलाई आत्महत्या गर्न पनि मन लागेको थियो। पूरै ब्रेक डाउन भएको थियो।
त्योबेलामा मेरो एकजना केटा साथी थियो। मैले उसलाई सबै कुरा भनेँ। अनि म र मेरो ब्वाइफ्रेण्ड उसको कन्सल्टेन्सीमा गयौँ। त्यहाँ भएका सबैलाई बाहिर निकाल्यौँ। त्यहाँका कर्मचारी र मँसगका केही ब्युटीप्याजेन्टका बिजेता थिए। त्यहाँ एकजना मात्र आइन्।
त्यहाँ त्यो पीडकलाई मेरो ब्वाइफ्रेण्डले धेरै पिट्यो। मैले पिट्न पाइनँ मात्र एक थप्पड मात्र लगाए होला।
मैले त्यहीँबाट मिस नेपाललाई फोन गरेँ र सबै कुरा सुनाएँ। यो मान्छेले मलाई ६ महिनादेखि यो–यो कुरा गर्यो भनेँ। त्योबेलामा उनले किन यो सबै कुरा मलाई किन सुनाएको, यो तिम्रो समस्या हो, मेरो हैन भनेर फोन काटिन्। त्यो सुन्दा कस्तो लाग्यो होला, मैले उसलाई मेरो आइडल मानेर फोन गरेकी थिएँ। त्योबेलामा म सानै थिएँ, त्यो सुन्दा कस्तो लाग्यो होला।
बालुवाटारमा धर्ना : बलात्कारको मुद्दामा हदम्याद हटाऊ (फोटो/भिडिओ) |
मसँगको भिडियो भाइरल भयो भने पनि मलाई केही मतलब छैन। मैले बिजेता र सेकेण्ड रनरअपलाई फोन गरेर सबै कुरा भनेँ। त्योबेलामा उनीहरुले आइ बिलिभ यु भने। त्योबेलामा कन्सल्टेन्सीमा उनीहरु पनि थिए। त्यहाँ उनीहरुलाई देखेर म छक्क परेँ। अनि सोचेँ, मलाई कसैले सहयोग गरेन। किनकि यो मेरो गल्ती हो। किनकि म त्यो प्रतियोगितामा सहभागी भएँ। तर, त्यो मेरो गल्ती थिएन।
यौन हिंसा कला क्षेत्रमा मात्र हुन्छ भन्थे। होइन, सबै क्षेत्रमा हुने रहेछ। त्यसपछि मैलै काम गरेको ठाउँमा ममाथि नराम्रो काम नै भयो। मैले अफिसमा भन्दा पनि मलाई नै नराम्रो देखायो।
सन् २०१४ मा एसबी सोलुसनको केसमा पनि पुलिस केस गर्न मन लागेको थियो। तर, त्योबेलामा मेरो ब्वाइफ्रेण्डले त्यस्तो नगर्न भन्यो। त्यसपछि मेरो कुनै पनि सम्बन्ध टिकाउ छैन। किनकि म कसैलाई विश्वास गर्न सक्दिनँ। ममाथि पटक–पटक विश्वासघात भएको छ। त्यसपछि म धेरैजनासँग सम्बन्धमा रहेँ। स्मोकिङ गर्न थालेँ।
पीडाहरु सबै बाहिर आउने रहेछन्। मैले सबैकुरा ढिला बुझेँ। म धेरै वर्ष भागेँ। तर, त्यो समाधान होइन रहेछ। अब म सबै कुरा फेस गर्छु।
एकदिन म राम्रो साइको थेरापिष्ट बन्ने प्रण गर्छु। २०१४ देखि २०२१ सम्म धेरै अँध्यारो वर्ष रह्यो मलाई। २०२२ बाट मलाई नयाँ समस्या नथपिएको हो।
यो सबै कुरा भनेपछि मन हल्का भयो। कुरा सुनिदिनु भयो, धन्यवाद। मलाई विश्वास छ, मलाई विश्वास गर्नुहुन्छ। माया गर्नुहुन्छ।
के हो यो नेपालको ? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइन नै लिँदैन रे कोर्टले।
माल्भिकाले मलाई सरी भनिन्। रियल्ली, तिमीले मेरा लागि अलिकति पनि हेल्प गरेको भए यत्रो वर्ष मैले यो सबै भोग्नुपर्थेन। मलाई थाहा थिएन, कोर्टले फाइल लिँदैन भनेर।
कोही ढिला बोल्छन्, कोही छिटो बोल्छन्। म ढिलो बोलेँ। तर, म पीडित हो नि।
(सन् २०१४ को ‘ब्युटी प्याजेन्ट’ सहभागी किशोरीको भिडियो बयानमा आधारित)
Shares
प्रतिक्रिया