समाज


धादिङमा दुई वटा बस ठोक्किँदा ३५ यात्रु घाइते, दुईको अवस्था गम्भीर

धादिङमा दुई वटा बस ठोक्किँदा ३५ यात्रु घाइते, दुईको अवस्था गम्भीर

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १५:१७, काठमाडौँ

धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन्। 

साँघुरो घुम्तीमा दुई वटा बस एकआपसमा ठोक्किएर भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

धादिङबेँसीबाट चितवन गइरहेको ना५ख ३२३५ नंको बस र काठमाडौँबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नंको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक  एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए।

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ। बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो।  दुर्घटनापछि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad