समाज


भारतमा बस र ट्रक ठोक्किँदा भयो भयानक आगलागी, ११ जनाको मृत्यु (भिडिओ)

भारतमा बस र ट्रक  ठोक्किँदा भयो भयानक आगलागी, ११ जनाको मृत्यु (भिडिओ)

भारतको जोधपुरमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा भएको आगलागी। तस्बिर : बीबीसी हिन्दी।


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १५:१३, काठमाडौँ

भारतको राजस्थान राज्यअन्तर्गत बाडमेर जिल्लास्थित जोधपुर राष्ट्रिय राजमार्गमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा भयानक आगलागी भएकाे छ। जसमा परी ११ जनाकाे मृत्यु भएकाे छ भने २३ जना घाइते भएका छन्। ​

बाडमेर प्रहरी अधीक्षक (एसपी) दीपक भार्गवले बीबीसी हिन्दीसँग भनेका छन्, ‘दुवै सवारीसाधन आगोले जलेर नष्ट भएका छन्। ट्रकको ड्राइभर साइडबाट जलेको एउटा शव निकालिएको छ। अहिलेसम्म मृतकको संख्या ११ पुगेको छ।’ 

माथिकै दुर्घटनाको अर्काे तस्बिर : दैनिक भास्करबाट। 

यस्तै दुर्घटनामा घाइते भएका २३ जनालाई अस्पताल भर्ना गरिएको छ। मृतकको संख्या बढ्न सक्ने बताइएको छ। 

याे अर्काे तस्बिर : बीबीसी हिन्दीबाट। 

केही भारतीय सञ्चारमाध्यमले भने मृतकको संख्या १२ पुगिसकेको पनि उल्लेख गरेका छन्। 

हेर्नुहोस् बस र ट्रक ठोक्किँदा भएको आगलागी तलको भिडिओमा–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad