अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित प्रहरी नायब निरीक्षक (सइ)लाई बाराबाट पक्राउ गरेको छ। आयोगको हेटौंडा कार्यालयबाट गएको टोलीले बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत जटाशंकर प्रसाद कलवारलाई ६० हजार घुस रकमसहित पक्राउ गरेको हो।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले भारतबाट मालसामान ल्याउन सहज बनाइदिने भनी सेवाग्राहीसँग उक्त घुस रकम लिएका थिए।
उनलाई रकम लिइसकेको अवस्थामा कलैया उपहानगरपालिका ४ मा रहेको श्रीराम खाद्य उद्योगपरिसरबाट नियन्त्रणमा लिइएको हो। यसबारे अनुसन्धान भइरहेको आयोगले बताएको छ।
प्रतिक्रिया