ad ad

राजनीति


अध्यक्षद्वय थापा र राणा स्वदेश फिर्ता

अध्यक्षद्वय थापा र राणा स्वदेश फिर्ता

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १०:०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेन्जेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन यही कात्तिक ८ गते चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थताका कारण खेल छाडेका थिए।

अध्यक्ष थापालाई खुट्टाको पिँडौला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेकामा अहिले स्वास्थ सामान्य रहेको पार्टीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता कार्यकर्ताले अध्यक्ष थापालाई स्वागत गरेका थिए।

यसैबीच राप्रपा (संयुक्त)का अध्यक्ष पशुपतिशम्शेर जबरासमेत आज स्वदेश फिर्ता भएका नेता राजाराम श्रेष्ठले जानकारी दिए। गत असोज १८ गते निजी भ्रमणमा बेलायत गएका राणालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। दुवै पार्टीबीच एकताका लागि अनौपचारिक प्रयास भइरहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .