समाज


रुपन्देहीमा भारतीय ट्रकमा मोटरसाइकल ठोक्कियो, एकको मृत्यु, एक घाइते

रुपन्देहीमा भारतीय ट्रकमा मोटरसाइकल ठोक्कियो, एकको मृत्यु, एक घाइते

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ८:५२,

रुपन्देहीमा स्टिल बनाउने सामग्री बोकेर आइरहेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

शनिबार मध्यान्ह एनएलओएलबी ४७०८ नम्बरको भारतीय लरी ट्रकमा लु४७प ८९०५ नम्बरको मोटरसाइकल ठोक्किदा स्थानीय बलिराम शाहीको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीका अनुसार मोटरसाइकल लरीमा ठोक्किँदा आचनक आगोलागी भएको र शाहीको घटना स्थलमै मृत्यु भएको हो। घटनामा मोटरसाइकलको पछाडि बस्ने आकास गुप्ता घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

‘स्टिल बनाउने सामग्रस्ी बोकेर आइरहेको लरीमा मोटरसाइकल ठोक्किएको देखिन्छ’, नेपालखबरसँग कुरा गर्दै डीएसपी खत्रीले भने, ‘मोटरसाइल ठोक्कएपछि ट्रक र मोटरसाइकल दुबैमा आगो लागेको थियो।’ उनले आगलागीबाट जलेर मोटरसाईकल पूर्ण रुपमा नष्ट भएको र ट्रकको पछिल्लो केही भाग जलेको जानकारी दिए।

अहिले आगो प्रहरीले पूर्ण रुपमा नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad