राजनीति


भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष

भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ८:२४,

 पूर्वउपप्रधान र अर्थमन्त्री तथा दिवंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ।

अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउन्डेसनले जनाएको छ। फाउन्डेसनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जीवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो।

फाउण्डेशनका महासचिव पदम खतिवडाले १८ फागुनमा २५ लाख रुपैयाँबाट कोष सुरु गरिने जानकारी दिए। दिवंगत हुनुअघि अधिकारीले पारिवारिक सदस्यहरुलाई आफ्नो बैंक खातामा रहेको २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिन भनेकाले उनको चाहना पूरा गर्न सो निर्णय गरिएको खतिवडाले बताए।

अक्षयकोषमा भरतमोहनका पारिवारिक नातेदादेखि उनले राजनीतिक जीवनमा सहकार्य गरेका शुभेच्छुकर्लाइ ऐच्छिक रुपमा रकम दानका लागि अपिल गरिने प्रतिष्ठानले जनाएको छ। कोषबाट प्राप्त ब्याज आमदानी रकमबाट हरेक वर्ष पिताको वार्षिकीका दिन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा क्षेत्र, सहकारीताका क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गर्दै जाने अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन्।

प्रतिष्ठानले आगामी १८ फागुनमा पहिलो वार्षिकी पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामका स्मृति ग्रन्थ (पुस्तक) पुस्तक समेत सार्वजनिक गर्ने भएको छ। पुस्तकमा अधिकारीका बालसखादेखि राजनीतिक जीवनका विभिन्न मोड र कालखण्डमा सहकार्य गरेका नेता÷कार्यकर्ताका, पूर्वअर्थमन्त्रीहरु पूर्वअर्थमन्त्री रामशरण महत, महेश आचार्य, बाबुराम, भट्टराई, वर्षमान, पुन, सुरेन्द्र पाण्डे र वर्तमान अर्थमन्त्री युवराज खतिवडासम्मका आलेख समावेश गरिनेछन्। यस्तै पुस्तकमा अधिकारी उपप्रधान र अर्थमन्त्री रहँदाका प्रशासनिक नेतृत्वको उच्च तहमा रहेकाहरुका विचारसमेत समेटिनेछन्।

यस्तै फाउन्डेसनले कुनै समय पत्रिकाको सम्पादकका रुपमा भूमिका खेलेका अधिकारीको नाममा आगामी वार्षिकीका अवसरमा एक जना सम्पादकलाई सम्मान गर्ने निर्णय पनि गरेको छ।

एमाले नेतृत्वको नौ महिने अल्पमत सरकारका अर्थमन्त्री रहेका बेला ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम सुरु गरेर जनतामाझ लोकप्रिय छवि बनाएका अधिकारीको ८२ वर्षको उमेरमा गत २०७६ साल फागुन १८ गते निधन भएको थियो।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad