समाज


१० जिल्लाका सीडीओ सरुवा (सूची)

१० जिल्लाका सीडीओ सरुवा (सूची)

नेपालखबर
असोज १७, २०७८ आइतबार १६:३८, काठमाडौँ

सरकारले १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। 

शुक्रबार गृहमन्त्रीस्तरीय बैठकले सहसचिव र सचिव गरी १६ जनाको काज सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। 

जसमा १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। भोजपुरको प्रजिअमा कमलराज ढकाल, कास्कीमा जयनारायण आचार्य, लमजुङमा सुशिल वैद्य र डोटीको प्रमुख जिल्ला अधिकारीमा शंकरबहादुर बिष्टलाई सरुवा गरिएको छ। 

कास्की सरुवा भएका जयनारायण हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन समितिको संयोजक थिए। प्रतिवेदन बुझाएको हप्तादिनमै उनलाई कास्कीको जिम्मेवारी दिइएको हो। 

यस्तै मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्र प्रसाद आचार्य, डडेलधुरामा मोहनराज जोशी, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैशी र तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा अनोजकुमार घिमिरेलाई सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। 

यस्तै केन्द्रीय कारागारको जेलर पनि सरुवा भएका छन्। उपसचिव डोरेन्द्र निरौलालाई केन्द्रीय कारागार सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad