कारोबार


छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले साहसको सेयर बाँडफाँट

छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले साहसको सेयर बाँडफाँट

नेपालखबर
असोज १७, २०७८ आइतबार १६:३४, काठमाडौँ

साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट गरेको छ। 

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो।

कम्पनीको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए। 

आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको र बाँकी २३ लाख ८३ हजार ४६० योग्य आवेदकमध्ये छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीले सर्वसाधारणलाई गत असोज ६ देखि १० गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

निष्कासन गरिएको ७० लाख कित्ता सेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो।

तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। 

कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ्गदूधकोशी गाउँपालिकामा कूल ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad