ad ad

समाज


कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को परीक्षा आजदेखि

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ९:३५, काठमाडौँ

कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सञ्चालन हुँदै छ। 

पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदै छ।

परीक्षा बिहान ११ बजे सुरु हुनेछ, दिउँसाे २ बजे सकिनेछ।

असोज ८ सम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदै छन्। 

परीक्षार्थीका लागि होम सेन्टर व्यवस्था गरिएको छ। जसअनुसार ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

कोराना महामारीका कारण यस वर्ष कक्षा १२ को परीक्षा ४ महिना ढिला भएको हो। गत जेठमै हुनुपर्ने परीक्षा साउन ३१ का लागि सारिएको थियो, कोरोना जाेखिम नघटेकाले फेरि परीक्षाकाे मिति धकेलिएकाे हाे।

परीक्षा बोर्डका अनुसार धेरैजसो विद्यार्थीले कोरोनाविरुद्ध खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .