ग्लोबल


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरको विमति

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरको विमति

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ८:५७, काठमाडौँ

तालिबानको अन्तरिम सरकारमा विभाजन देखिएको छ। तालिबानका वरिष्ठ अधिकारीले बीबीसीसँग यो कुरा बताएका हुन्। 

ती अधिकारीले बीबीसीलाई बताएअनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्ला गनी बरादरको समूह र एक जना मन्त्रीबीच झगडा भएको थियो। 

केही दिनयता मुल्ला बरादर सार्वजनिक रूपमा देखापरेका छैनन्। यसपछि तालिबनभित्र नेतृत्वका विषयमा जारी विवाद सतहमा आएको हो।

तर तालिबानले आधिकारिक रूपमा यो रिपोर्टलाई अस्वीकार गरेको छ। 

गत अगस्ट १५ तारिख अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले गत सेप्टेम्बर ७ का दिन आफ्नो अन्तरिम सरकार घोषणा गरेको हो।

जसको मन्त्रिमण्डलमा सबै सदस्य पुरुष मात्र छन्। साथै शीर्ष स्थानमा त्यस्ता व्यक्ति छन्, जो अफगानिस्तानमा दुई दशकसम्म भएको युद्धका क्रममा अमेरिकी सेनाविरुद्ध आक्रमणका लागि कुख्यात छन्।

यो पनि : ​बरादरको विडम्बना: प्रधानमन्त्री हुने चर्चा थियाे, बनाइए उपप्रधानमन्त्री, लगत्तै भए ‘बेपत्ता’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .