समाज


ठेक्कापट्टामा विवाद हुँदा धनुषामा ठेकेदारले गरे ठेकेदारकै हत्या

ठेक्कापट्टामा विवाद हुँदा धनुषामा ठेकेदारले गरे ठेकेदारकै हत्या

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ७:४,

धनुषामा ठेक्कापट्टाको विवादलाई लिएर एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन्।

बुधबार बिहान धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा गोली हानेर ठेकेदार मनोज साहको हत्या गरिएको हो।

जनकपुर उपमहानगर–१ का ४१ वर्षीय साहमाथि अर्का ठेकेदार ३५ वर्षीय पंकच चौधरीले गोली गोली हानेर हत्या गरेका हुन्।

उनीहरुबीच ठेक्कापट्टाको विवाद रहेको त्यही विवादका कारण साह बिहान साढे ९ बजे आफ्नो घरमा आएका बेला चौधरीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

धनुषाका डीएसपी रामेश्वर कार्कीेले चौधरीको गोली प्रहारबाट साहको मृत्यु भएको पुष्टि गरे। उनले उनीबीच ठेक्कापट्टामा विवाद रहेको र त्यहीबारे छलफल गर्न साह चौधरीको घरमा गएका बेला उनमाथि गोली प्रहार भएको डीएसपी कार्कीको भनाइ छ।

साहमाथि गोली प्रहार गरेर छिमेकीको घरमा लुकेका चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले दुई वटा पेस्तोल र २२ राउन्ड गोली बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad