यस सम्झौतालाई रुसका राष्ट्रपति भ्लादमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले ऐतिहासिक सम्झौताको संज्ञा दिएका छन्।
रुसको सोचीमा भएको वैठकमा सम्झौता भएको बीबीसीले जनाएको छ।
टर्की र रुसको सीमामा रुस र टर्कीका सेना तैनाथ छन्। अमेरिकाले यस क्षेत्रबाट आफ्नो सेना फिर्ता बोलाएको छ।
टर्कीले सिरियाको कुर्द लडाकुविरुद्ध आक्रमक अभियान चलाएको छ। टर्की कुर्द लडाकुलाई आतंकवादी समूह भएको बताउँछ।
टर्कीले कुर्द लडाकुहरूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।
टर्कीले सिरियाली भूमिमा रहेका कुर्दमाथि आक्रमण गरेपछि सिरियाको असल मित्रको रुपमा रहेको रुसले चासो व्यक्त गरेको थियो।
त्यहाँ सिरियाली सेना र टर्कीका सेनाबीच युद्ध निम्तने खतरा थियो। यस सम्झौतामा टर्की र रुसका सेनाले कुर्दविरुद्ध संयुक्त गस्ती गर्ने सहमति गरेका छन्।
अमेरिकाले गतहप्ता कुर्द लडाकु र टर्कीका सेनाबीच युद्धविरामको सम्झौता गराएको थियो। युद्धविरामको सम्झौता समय सकिएपछि रुस र टर्कीले नयाँ सम्झौता गरेका हुन्।
Shares

प्रतिक्रिया