युभेन्ट्स र रियल मड्रिड पनि विजयी भएका छन्।
पीएसजीले क्लब ब्रगीलाई ५–० ले पराजित गर्दा एमबाप्पेले ह्याट्रिक गर्न सफल भए। माउरो इकार्डीले २ गोल गरे।
टोटनह्यामले पनि रेड स्टामाथि ५–० को जित हात पारेको हो। ह्यारी केन र सन ह्युङ–मिनले २–२ गोल गर्दा इरिक लामेलाले एक गोल गरे।
यस्तै म्यानचेस्टर सिटीले एटलान्टामाथि ५–१ को जित निकाल्दा रहिम स्टर्लिङले ह्याट्रिक गरे। दुई गोल भने सर्जियो अग्वेरोले गरे।
युभेन्ट्सले लोकोमोटिभ मस्कोमाथि २–१ को जित निकाल्यो। युभेन्ट्सका लागि दुवै गोल पाउलो ड्याबेलाले गरे।
रियल मड्रिडले ग्यालाटासारेमाथि १–० को जित निकाल्दा टोनिक्रुजले निर्णायक गोल गरे।

प्रतिक्रिया