अमेरिकाले लगातार तेस्रो दिन अफगानिस्तानको काबुल विमानस्थलमा हमलाको खतरा रहेको ‘अलर्ट’ (चेतावनी) जारी गरेको छ।
जारी चेतावनीमा अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल र आसपासका क्षेत्रबाट तुरुन्त हट्न आग्रह गरेको छ। उसले भनेको छ, ‘किनकि त्यहाँ खतरा छ।’
काबुलस्थित अमेरिकी दूतावासले यो अलर्ट जारी गरेको हो।
यसअघि पहिलोपटक अमेरिकाले अलर्ट जारी गरेको दिन बिहीबार साँझ काबुल विमानस्थलनजिकै बम हमला भयो भने १७० जनाको ज्यान गयो। जसमा १३ जना अमेरिकी सैनिक पनि छन्।
त्यसपछि शुक्रबार पनि अमेरिकाले अलर्ट जारी गरेको थियो। त्यसको भोलिपल्ट शनिबार काबुल विमानस्थलमा गोली चलेको र मानिसको भागाभाग भएको खबर आएको थियो।
यी पनि :
–तालिबानद्वारा काबुल विमानस्थलको ठूलो क्षेत्र सिल
–पाकिस्तानका आतंकवादी र तालिबानबीच भेटवार्ता, भारतमा आक्रमण गर्न सहयोग मागेको खुलासा
–काबुल विस्फोटका योजनाकार मार्न अमेरिकाले कहाँ गरेको थियो ड्रोन आक्रमण?
Shares

प्रतिक्रिया