राजनीति


अफगानिस्तानबाट अमेरिकी सैनिक हट्न सुरु

अफगानिस्तानबाट अमेरिकी सैनिक हट्न सुरु

नेपालखबर
भदौ १३, २०७८ आइतबार ५:५६, काठमाडौँ

तोकिएको समयसीमा (डेडलाइन) अगस्ट ३१ नजिकिँदै गर्दा अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फिर्ता सुरु भएको छ। 

शनिबार आयोजित पत्रकार सम्मेलनमा पेन्टागनका प्रवक्ता जोन कर्बीले काबुल विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका हुन्। 

एक प्रश्नमा उनले भने,  ‘हो, हामी हट्दै छौं।’ तर उनले अहिलेसम्म कति सैनिक फिर्ता भए भन्ने कुनै जानकारी दिएनन्। 

उनले निश्चित समयसीमा भित्र अफगानिस्तानबाट सबै सेना फिर्ता गराउने प्रयास भइरहेको बताए।

तर अन्तिम क्षणसम्म पनि अफगानिस्तानबाट बाहिरन चाहने अफगान नागरिकलाई निकाल्न आफूहरूका तर्फबाट सहयोग गरिने पनि बताए। 

पत्रकार सम्मेलनमा अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले शुक्रबार आफूहरूले गरेको ड्रोन हमलामा आईएसआईएस–के का दुई षड्यन्त्रकारी मारिएको र एक जना घाइते भएको बताए। 

त्यस क्रममा बिहीबार भएको बम विस्फोटपछि अमेरिकी सैनिकले चलाएइको गोली लागेर केही अफगानीको मृत्यु भएको हो भनेर सोधिएको थियो। जवाफमा पेन्टागनका अधिकारीले यसको पुष्टि गर्न नसकिने बताए। 

उनले भने, ‘तर हामी यसलाई पूरै नकार्न पनि सक्दैनौं।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad