ad ad

समाज


काबुल विस्फोटका योजनाकार मार्न अमेरिकाले कहाँ गरेको थियो ड्रोन आक्रमण?

काबुल विस्फोटका योजनाकार मार्न अमेरिकाले कहाँ गरेको थियो ड्रोन आक्रमण?

अमेरिकी ड्रोन आक्रमणले घरभित्र राखिएको अटो क्षतिग्रस्त देखिन्छ भने घरका भित्ताका ठाउँठाउँमा प्वाल परेका छन्।


नेपालखबर
भदौ १२, २०७८ शनिबार १७:५४, काठमाडौँ

अमेरिकाले अफगानिस्तानमा आईएसआईएस–खुरासान (आईएसआईएस–के) समूहलाई लक्ष्य गरी ड्रोन हमला गरेको छ।

यो हमला अफगानिस्तानको नंगरहार प्रान्तमा गरिएको हो, जुन पाकिस्तानको सीमासँग जोडिएको छ र आईएसआईएसको गढ मानिन्छ। 

यस हमलामा काबुल विमानस्थलमा बिहीबार बम विस्फोट गराउने योजनाकार मारिएको अमेरिकाले दाबी गरेको छ। 

न्युज एजेन्सी रोयटर्सका अनुसार अमेरिकी ड्रोनले मध्य–पूर्वको कुनै अज्ञात स्थलमा आईएसआईएस–केका ती आतंककारीलाई ताकेर शुक्रबार राति आक्रमण गरेको हो, जतिबेला उनी आफ्ना सहयोगीसँग कारमा सवार थिए, अमेरिकी हमलामा ती दुवै मारिए। 

न्युज एजेन्सी Asvaka का अनुसार अमेरिकी ड्रोनले पूर्वी नंगरहारको ‘कला–ए–नघरक’ भन्ने जिल्लामा हमला गरेको हो। यस क्रममा एक घर पूरै क्षतिग्रस्त भएको छ। 

अमेरिकी ड्रोनको प्रहारले जमिनमा गहिरो खाडल (तलको तस्बिर) परेको छ, तर अमेरिकाले हमलामा सर्वसाधरण व्यक्ति कसैलाई केही नभएको दाबी गरेको छ। 

यो पनि :

काबुलमा बम हमला गर्ने आतंकवादी संगठनमा भारतका पनि १४ जना संलग्न रहेको खुलासा

काबुल विमानस्थलमा बम हान्ने ‘आईएसआईएस-के’ कस्तो समूह हो? यसको उद्देश्य के हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .