अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थल प्रवेश गर्ने गेटमा फेरि फायरिङ गरिएको खबर आएको छ।
फायरिङपछि भागदौड मच्चिएको छ। त्यहाँ अश्रुग्याँस पनि प्रहार भएको छ।
न्युज एजेन्सीहरूका अनुसार फायरिङ कसले गर्यो, अहिलेसम्म प्रस्ट हुन सकेको छैन।
यसअघि आजै अमेरिकाले त्यहाँ आक्रमणको खतरा रहेको भन्दै चेतावनी जारी गरेको थियो।
बिहीबार मात्र त्यस विमानस्थलनजिक विस्फोट हुँदा १७० जनाको मृत्यु भएको थियो।
मारिनेमा १३ जना अमेरिकी सैनिक र २ बेलायती नागरिक पनि थिए। बाँकी अफगानी नागरिक थिए।
यो पनि :
काबुल विस्फोटका योजनाकार मार्न अमेरिकाले कहाँ गरेको थियो ड्रोन आक्रमण?
684
Shares

प्रतिक्रिया