समाज


पाकिस्तानका आतंकवादी र तालिबानबीच भेटवार्ता, भारतमा आक्रमण गर्न सहयोग मागेको खुलासा

पाकिस्तानका आतंकवादी र तालिबानबीच भेटवार्ता, भारतमा आक्रमण गर्न सहयोग मागेको खुलासा

नेपालखबर
भदौ १२, २०७८ शनिबार २०:२७, काठमाडौँ

अफगानिस्तानमा तालिबान र आईएसआईएसको त्रासबीच एउटा ठूलो खुलासा भएको छ। 

न्युज एजेन्सी एएनआईका अनुसार पाकिस्तानको आतंकवादी संगठन जैश–ए–मोहम्मदका दहशतगर्दाेंले केही दिनअघि कन्धार पुगेर तालिबानका नेतासँग भेट गरेका हुन्। 

यस क्रममा जैश–ए–मोहम्मद (जेईएम) ले भारतमा आफ्ना गतिविधि सञ्चालन गर्न तालिबानसँग मद्दत मागेका छन्। 

यस्तै पाकिस्तानबाट निस्केका दुई आतंककारी श्रीनगरमा ग्रेनेड हमला गर्ने षड्यन्त्र रचिरहेका छन्, यसकारण सबै सुरक्षा एजेन्सीलाई अलर्टमा राखिएको छ। उनीहरूलाई भनिएको छ– कुनै पनि हालतमा उनीहरूको सामना गर्नू। 

साथै गुप्चचर एजेन्सीहरूलाई सामाजिक सञ्जालमा निगरानी गर्न भनिएको छ। 

स्रोतका अनुसार तालिबानले ठूला नेताहरूसँगको बैठकमा जैशको आतंककारीहरूले पाकिस्तानको राजनीतिक अवस्थाबारे पनि छलफल गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad