ad ad

समाज


काबुलमा बम हमला गर्ने आतंकवादी संगठनमा भारतका पनि १४ जना संलग्न रहेको खुलासा

काबुलमा बम हमला गर्ने आतंकवादी संगठनमा भारतका पनि १४ जना संलग्न रहेको खुलासा

फाइल तस्बिर : आईएसआईएस लडाकु


नेपालखबर
भदौ १२, २०७८ शनिबार १५:३८, काठमाडौँ

काबुल विमानस्थलमा बिहीबार बम हमला गर्ने आतंकवादी संगठन इस्लामिक स्टेट खुरासान समूहको भारतीय सम्बन्ध खुलासा भएको छ। 

मिडिया रिपाेर्ट्सका अनुसार केरलका १४ जना उक्त समूहमा संलग्न रहेको पाइएको हो। यो खुलासापछि भारत आफ्नो बदनाम हुने गम्भीर चिन्तामा परेको छ। 

हिन्दुस्तान टाइम्समा प्रकाशित खबरअनुसार तालिबानले अफगानी प्रान्त कब्जापछि जेलमा रहेका आफ्ना लडाकुलाई मुक्त गराएका थिए। यस क्रममा बगराम जेलबाट रिहा हुनेमा १४ जना केरलका पनि छन्, जसलाई खुरासान समूहले इस्लामिक स्टेटमा संलग्न गराएको छ। केरल भारतको राज्य हाे। 

२०१४ मा केरलबाट भागेर इस्लामिक स्टेटमा सामेल
सन् २०१४ मा जब इस्लामिक स्टेट अफ सिरिया एन्ड लेभान्टले मोसुल कब्जा गर्यो तब केरलका मल्लापुरम, कारगोड र कन्नुर जिल्लाबाट भागेर धेरै जना स्थानीय उक्त समूहमा सहभागी भए। यीमध्ये धेरै जना अफगानिस्तानको नंगरहार गएर आईएसआईएस–केमा संलग्न भए। 

यो पनि : 

काबुल विमानस्थलमा बम हान्ने ‘आईएसआईएस-के’ कस्तो समूह हो? यसको उद्देश्य के हो?

आईएसआईएस लक्षित अमेरिकी हवाई हमला, काबुल विस्फोटका योजनाकार मारिएको दाबी

काबुल विस्फोटमा मृत्यु भएकाको संख्या १७० पुग्यो, २ जना बेलायती पनि

काबुलमा विस्फोट गराउने समूह भारतसम्म आइपुग्ने आशंका!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .